punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई हजार १६७ जना चालकलाई कारबाही

Chaupati
safha napa

ट्राफिक प्रहरीले आइतबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १६७ जना चालकलाई कारबाही गरेको छ। कारबाहीमा पर्ने सवारी चालकमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १६० जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १४२ जना रहेका छन्।

यस्तै, रातो बत्तीको उल्लंघन गर्ने ६१ जना, अवस्था ठिक नभएका सवारीसाधन चलाउने ५५ जना, एकतर्फी सडकमा सो विपरीत सवारी चलाउने ४५ जना, सडक लेन पालना नगर्ने ४८ जना र मदिरा पिएर सवारीसाधन चलाउने ३५ जना चालक पनि कारबाहीमा परेका छन्।

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेका छन्।


२० पुस २०७७, सोमवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु