सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रादेशिक योजना आयोग गठन

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग गठन गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा अछामका केशरबहादुर साउँद नियुक्त गरेको छ ।

आयोगको सदस्यमा बैतडीका मानदेब बिष्ट नियुक्त भएका छन् । एक जना महिला सदस्य पछि नियुक्त गरिने आर्थिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहराले जानकारी दिए ।

यसैगरि खप्तड क्षेत्र पर्यटन विकास समिति पनि गठन गरिएको छ । समितिको अध्यक्षमा डोटी आदर्श गाउँपालिका ५ का हर्कबहादुर सिंह नियुक्त भएका छन् । समितको सदस्यमा अछाम साँफेबगर नगरपालिका ११ का लक्ष्मण खड्का, बाजुरा खप्तड छेडेदह गाउँपालिका २ का गणेशबहादुर शाही, बझाङ खप्तड छान्ना गाउँपालिका ४ का मिश्र रोकाया र डोटी सायल गाउँपालिका ३ का हरि पाल थापा सदस्यमा नियुक्त भएका छन् ।

यस्तै, महिला सदस्यमा डोटी पूर्वी चौकी गाउँपालिका ५ की मनीषा धानुक नियुक्त भएकी छन् । बाजुराको बुढिनन्दा नगरपालिका ७ का भीम खड्का कार्यकारी अधिकृतमा नियुक्त भएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।


१३ पुस २०७७, सोमवार १९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु