छाडा चौपायाले बाली नष्ट गर्न थालेपछि किसान चिन्तित

कैलालीको भजनीका किसान सामुदायिक छाडा पशु चौपायाले हिउँदेबाली पनि नष्ट गर्न थालेपछि किसानहरु चिन्तित भएका छन्। खेतमा लगाएको हिउँदेबाली सामुदायिक छाडा पशु चौपायाले नष्ट गर्न थालेपछि किसान चिन्तित भएका हुन्। ऋण कर्जा गरेर लगाएका अन्नबाली पशुले खाइदिएपछि आफूहरुको लगानी खेर जाने भएको किसान रुपेश साउदले जानकारी गराए ।

अहिले छाडा पशु चौपायाले गहुँबाली नष्ट गरेपछि कसरी परिवार पाल्ने भनि गोनासो गरेका छन । साउँदले भजनीमा रहेका छाडा चौपायालाई नगरपालिकाले व्यवस्थापन गर्न नक्दा आफूहरुले धेरै सास्ती खेप्नुपरेको बताउँदै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि लाखौँ रकम वर्षेनी खर्च गर्ने भएपनि किसानलाई भने त्यसको प्रभाव नपरेको बताए।

भजनी नगरपालिका किसान प्रभुनाथ पाण्डेले चौपायाले लगाएको अन्नबाली पाक्दासम्म पूरै नष्ट गर्ने गरेको उनले जानकारी गराए। किसानको समस्यालाई नगरपालिकाले ध्यान दिएको छैन। हामीहरुले बालीनाली उत्पादन गर्न पैसा खर्च गरी खाद मलको व्यवस्थापन गरेका पाण्डेले बताए । चौपायाले सबै लगाएको अन्न तथा तरकारी बाली नष्ट गरिरहेको छन्। हाम्रो समस्याको समाधान जसरी पनि तत्काल नगरपालिकाले गर्नुपर्ने उनले बताए ।

गीतादेवी चौधरीले बालिनालीको सुरक्षाका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताइन्। “राति चिसोको समयमा पनि खेतमा लगाएका बालिनालीको सुरक्षाका लागि पनि खेतमै बस्ने गरेको चौधरीले बताईन् । सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले तत्काल काम गर्नुपर्ने उनको गुनासो रहेको छ ।

भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाको वडा नम्बर २ को रजवारा, वडा नम्बर ७ को चर्रा, वडा नम्बर ९ को पछमुडिया र वडा नम्बर १ को भजनीमा गौशाला निर्माण गरिएको जानकारी गराए ।

किसानकै कारण सामुदायिक छाडा पशु चौपाया बढ्दै गएको उनले बताउदै कृषिमा भएको आधुनिकीकरणले किसान आफैँले पालेका चौपाया छाडा छाड्ने गरेको उनको भनाई छ । नगरपालिकाको अहिलेसम्म सामुदायिक छाडा पशुचौपाया व्यवस्थापनमै ५० लाखभन्दा बढी खर्च भइसकेको उनले बताए ।

कैलालीको जानकी गाउँपालिकामा भने पहिलेको भन्दा सामुदायिक छाडा पशुचौपाया नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी जानकारी गराए । चालु आर्थिक वर्षमा १० देखि १५ लाख रुपैयाँ आउँदो कार्यपालिकाको बैठकबाट विनियोजन गर्ने निर्णय गरिने अध्यक्ष चौधरीले जानकारी गराए ।

सामुदायिक पशु चौपाया व्यवस्थापन समिति जानकी गाउँपालिकाका सचिव अविलाल सलामीमगरले गौशालाको दीर्घकालीन व्यवस्थापन गर्नसके त्यसले किसानलाई धेरै राहत पुग्ने जानकारी गराए। सामुदायिक वनभित्र अहिले पनि दुई हजारभन्दा बढी सामुदायिक छाडा पशु चौपाया रहेको उनले बताउँदै गौशालामा करिब ३ सय चौपाया व्यवस्थापन गरिएको जानकारी गराए । सचिव सलामीमगरले गाउँपालिकाले चौपाया व्यवस्थापनका लागि राम्रो सहयोग गरेको छ जसका कारण अहिले किसानले चौपायाको सास्तीबाट केही छुटकारा पाएका छन्।


१३ पुस २०७७, सोमवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु