punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या

Chaupati
safha napa

कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको अज्ञात समूहले हत्या गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का हिरापुरका खण्टी भुलको हत्या भएको छ ।

घरमा एक्लै बस्ने वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो घरभित्रै शव इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए ।

वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक विष्टले जानकारी दिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरी जानकारी गराए । मृतकका भाइ हिरे भुलले खण्टी भुलले सधैंजसो नाक, कान र घाँटीमा तीन तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएका छन् ।


१२ पुस २०७७, आइतवार १६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु