आज स्थीर रह्यो सुनचाँदीको मूल्य
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर रहेको छ । सुन आजपनि प्रतितोला ९४ हजार दुई सय रुपैयाँमानै कारोबार भैरहेको छ ।
सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।
१२ पुस २०७७, आइतवार ११:०० बजे प्रकाशित































