punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ताइवानमा चंगाले ३ वर्षकी बालिकालाई सय फिट माथि उडाए

Chaupati
safha napa

ताइवानमा एक चंगा महात्सवमा तीन वर्षका एक बालिका चंगाको तल्लो भागमा बेरिएर चंगासँगै उडेर धेरै उचाइसम्म पुगेको तर ठुलो दुर्घटना हुनबाट भने बचेको बताइएको छ ।

चंगामा तल्लो झुन्डिएको पुच्छरको भागमा बेरिएकी ती बालिका सयफिट माथि पुगेकी थिइन् । यस क्रममा त्यहाँ जम्मा भएकाहरुले ती बालिकालाई बचाए । उक्त घटनाको भिडियो सामाजिक सन्जालमा ब्यापक भाइरल भएको छ ।

ताइवानको सिन्चु सहरमा चंगा उत्सवको आयोजना भइरहेको छ । ताइवानको कुनाकाप्चाबाट चंगा पारखीहरु आफनो क्षमता देखाउन यहाँ जम्मा भएको समाचारमा जनाइएको छ । आइतबार यसै भिडको बीचमा एक चंगा पारखीले गुलाफी रंगको ठुलो आकारको चंगा उडाइरहेको थियो । त्यही बेला चंगाको तलको भागमा ३ वर्षिया ती बच्ची अल्झिन पुगेको थियो ।

६० किलोमिटर प्रतिघन्टाको बेगमा चलेका हावाका कारण ती सानी नानीलाई सय फिट माथिसम्म उछालेको थियो ।यो घटना देखेर त्यहाँ उपस्थित सबै चकित परेका थिए । यस क्रममा ती सानी नानी हावामा ३० सेकेन्ड तलमाथि उछालिएकी थिइन् । उत्सवमा सहभागी हुन पुगेकाहरुले तत्काल सतर्कता देखाउँदै ती बालिकालाई बचाएका थिए । ती बच्चाको नाम लिन भएको बताइएको छ ।

यस घटनामा बालिकालाई सामान्य चोट मात्र लागेको बताइएको छ । सिन्चु सहरका एक अधिकारीले अकस्मात आएको तिब्र बेगको हावाका कारण चंगामा अल्झिन पुगेकी ती बालिका उड्न पुगेको बताए । यस घटना पछि स्थानिय प्रशासनले चंगा उत्सवका आयोजकलाई सकेसम्म चाँडो उत्सव सकाउन आदेश दिएको बताइएको छ । एजेन्सीको सहयोगमा


९ पुस २०७७, बिहीवार १४:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु