punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ७ बजेतिर जिल्लाको पुनर्वास नगरपालिका–६, प्रतिभानगर (टाउन बजार) स्थित आफ्नै घरमा आगो ताप्दै गरेको अवस्थामा आगोमा परेर ४३ वर्षिय गितादेवि थापाको मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण बेहोस भई आगोमा परेर घाइते भएकी थापालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता नायक उपरिक्षक अमरबहादुर थापाले जानकारी गराए ।

मृतक थापा एक्लै आगो ताप्दै गरेको र आगोबाट उठाउँने मान्छे नहुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।


९ पुस २०७७, बिहीवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु