प्रचण्ड–नेपाल नेकपाको महासचिव पाण्डेलाई बनाउने तयारी
प्रचण्ड–नेपाल नेकपाको महासचिवमा नेता सुरेन्द्र पाण्डेलाई बनाउने तयारी भएको छ ।
अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्कमल दाहाल, झलनाथ खना र नारायाणकाजी बीचको छलफलले नेता पाण्डेलाई महासचिव बनाउने तयारी गरेको हो ।
माधवकुमार नेपाल अध्यक्ष, पुष्कमल दाहाल संसदीय दलको नेता भएपछि अर्का बरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा पाण्डेलाई महासचिव दिने तयारी भएको हो ।
केहीबेर पछि काठमाडौंको बबरमहलस्थिति कार्की बान्क्युटमा बस्ने केन्द्रीय समिति बैठकले पाण्डेलाई महासचिवमा अनुमोदन गर्ने तयारी गरेको छ ।
९ पुस २०७७, बिहीवार १२:४८ बजे प्रकाशित






























