punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा ओली समूहले तोक्यो प्रदेश कमाण्डर

Chaupati
safha napa

सत्तारुढ नेकपाको केपी ओली समूहले पार्टी प्रशिक्षणका लागि भन्दै सातै प्रदेशको कमाण्डर तोकेको छ । उक्त समूहका प्रवक्ता तोकिएका प्रदीप ज्ञवालीले प्रशिक्षणका लागि संयोजन गर्न मात्र जिम्मेवारी तोकिएको हो ।

पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनित कमरेडहरूलाई कार्यगत प्रशिक्षण सञ्चालन हुने भएकोले निम्नबमोजिम जिम्मेवार नेताहरू खटिनुभएको प्रवक्ता ज्ञवालीले बताएका छन ।
प्रवक्ता ज्ञवालीका अनुसार यस्तो छ कार्यविभाजन :–

१. सुदूरपश्चिम प्रदेश : लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश : शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३.लुम्बिनी प्रदेश : विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश : टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५. वागमती प्रदेश : ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २ : ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश नं। १ : सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे


८ पुस २०७७, बुधवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु