punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेता भट्टराईको ९७ औँ जन्मजयन्ती मनाईँदै

Chaupati
safha napa

नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९७ औँ जन्मजयन्ती बुधबार मनाईँदै छ ।

पुस ८ गते बुधबार परेको उनको जन्मदिनलाई विशेष रुपमा मनाउने गरिएको भए पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रुपमा कार्यक्रम गर्ने भएका छैनन् ।

ललितपुरको बाँडेगाउँमा रहेको किसुनजी आश्रममा विगतका वर्षमा उनको जन्मजयन्तीमा विशेष कार्यक्रम हुने गरेको थियो ।

यो वर्ष विशेष कार्यक्रम नभए पनि आश्रममा बस्दै आएकी अमिता कपालीसहित नेता भट्टराईका शुभचिन्तकहरुले त्यहाँ रहेको प्रतिमामा माल्यार्पण तथा दीप प्रज्ज्वलन गरेका छन् ।

नेपाली राजनीतिमा निष्ठा, त्याग र सत्यवादिताका पर्याय मानिने नेता भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो ।

उनी २०४७ र २०५६ गरि दुई पटक नेपालको प्रधानमन्त्री भएका थिए । उनले प्रधानमन्त्री भएका बेला २०४७ कात्तिक २३ गते बहुदलीय व्यवस्थासहितको संविधान जारी भएको थियो ।


८ पुस २०७७, बुधवार ११:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु