punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार र ठगी मुद्दामा तत्कालिन राजपा नेतालाई १० वर्ष कैद सजाय

Chaupati
safha napa

बलात्कार र ठगी मुद्दामा तत्कालिन राष्ट्रिय जनता पार्टी ९राजपा०का सप्तरी जिल्ला कोषाध्यक्ष मनोजकुमार महता जेल चलान भएका छन् ।

तीस वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा मेहतालाई १० वर्ष कैद सजाय तोकिएको हो । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मेहतालाई १० वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

अभियुक्तले विसं २०७५ असोज १९ गते बलात्कार गरेको भन्दै पीडितले २०७५ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन्।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने प्रलोभन देखाई मेहताले पटक–पटक ठगी गर्नुका साथै राजविराज नगरपालिका–४ स्थित अशोक लजमा लगेर बलात्कार गरेको पीडितको दाबी थियो ।


८ पुस २०७७, बुधवार १०:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु