punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टीमा ओलीले एकलौटी गरे : नेता श्रेष्ठ

Chaupati
safha napa

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको आरोप लगाएको छन्। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको भेलाको सञ्चालन गर्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन्। ओली पार्टी एकीकरणको उदेश्य विपरित काम गरेको नेता श्रेष्ठले बताए ।

‘प्रधानमन्त्री ओलीले विचार, नीति, विधि र पद्धतिलाई बेवास्ता गरेकै कारण आज यो संकट आइपुगेको उनले बताए । आलीले पार्टीमा एकलौटी गरेकोले समस्या निम्तिएको उनले बताए। श्रेष्ठले सोही अनुसार २०७५ जेठ ३ को एकता घोषणा स्मरण गराए ।

कम्युनिस्ट पार्टीका अध्यक्ष, कम्युनिस्ट प्रधानमन्त्रीकै तर्फबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको उनको बताए । संसद विघटन यसको ज्वलन्त उदाहरण रहेको उनले बताए । उता केपी ओली पक्षको भेलाले श्रेष्ठलाई प्रवक्ताबाट हटाइसकेको छ। केपी पक्षले प्रदीप पौडेललाई प्रवक्ता तोकिसकेको छ।


७ पुस २०७७, मंगलवार १४:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु