punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुप्तचरका दुई इन्सपेक्टर डिएसपीमा बढुवा

Chaupati
safha napa

राष्ट्रिय अनुसन्धान विभागका दुईजना इन्सपेक्टरलाई प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा गरिएको छ ।

छड्के बाटोबाट राष्ट्रिय अनुसन्धान विभागमा आउनु गरेकी बिना केसी र सुन्दरमणी पोखरेललाई प्रमुख अनुसन्धान अधिकृतकमा बढुवा गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राअवी प्रमुख गणेश अधिकारीले अन्य पतिस्पर्धीलाई पाखा लगाउँदै उनिहरुलाई बढुवा गरेका हुन् । बिना केसी प्रधानमन्त्री ओली निकट मानिने गोविन्द थापाकी पत्नि हुन् ।

बिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्टिङ अपरेशन’ गर्ने टिममा कार्यरत छिन् । चार बर्षदेखी अख्तियारमा अड्डा जमाएकी बिनालाई बढुवा गर्दा सो ब्याचका १४ जना प्रतिस्पर्धी थिए ।
राष्ट्रिय अनुसन्धान विभागले गरेको बढुवा सिफारिस प्रधानमन्त्रीको कार्यालयका सचिवले सदर गर्ने कानुनी प्रावधान रहेको छ ।


७ पुस २०७७, मंगलवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु