Hotel Flora Long Ad

पूर्व माओवादीका तीनजना स्थायी कमिटी सदस्यहरु ओलीको क्याम्पमा

नेपाल कम्युनिस्ट पार्टीका पूर्व माओवादी पूर्व माओवादीका टोपबहादुर, मणि थापा र लेखराज भट्ट ओली कमिटी सदस्यहरु अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा रहेका छन् । उनीहरुले आजबाट औपचारिक रुपमै ओलीको पक्षमा रहेको घोषणा गरेका हुन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी रहेका थिए । आज रायमाझी र थापा पनि प्रवेश गरेका हुन् ।

बालुवाटारमा बसेको बैठकमा रायमाझी र थापा माथिल्लो तहको मञ्चमा बसे । उनीहरुमध्ये रायमाझी प्रधानमन्त्री ओलीको बायाँतर्फ पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको छेवैमा बसेका थिए । मणि थापा भने प्रधानमन्त्रीको भन्दा पछिल्लो लहमा बसेका थिए ।

यसैगरी, स्थायी कमिटी सदस्य रायमाझीले प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् ।


७ पुस २०७७, मंगलवार १२:४६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु