वैशाखमा चुनाव हुदैन : डा . भट्टराई
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैशाखमा चुनाव हुन नसक्ने जनाएका छन् ।
सरकारले वैशाख १७ र २७ मा चुनाव गर्नेबारे आइतबार नै मितिसमेत तोकिसकेको छ । डा. भट्टराईले भने देश अँध्यारो सुरूङमा फसिसकेकोले चुनाव नहुने जनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद आइतबार भंग गरेका थिए। सोमबार ट्वीट गर्दै भट्टराईले सरकारले भने जस्तो वैशाखमा चुनाव नहुने जानाएका हुन्।

६ पुस २०७७, सोमवार १३:०९ बजे प्रकाशित































