punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डबाट टाढिएका भट्ट गुट भेलामा ओलीसँगै

Chaupati
safha napa

पछिल्लो समय प्रचण्डबाट टाढिएका उद्योगमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गुटको भेलामा सहभागी भएका छन् ।

आइतबार प्रतिनिधिसभा विघटन गराएका ओलीले सोमबार बिहान आफूपक्षको रणनीति बनाउन प्रधानमन्त्री निवास बालुवाटारमै भेला बोलाएका छन् ।

भेलामा पूर्वमाओवादी समूहका भएपनि पछिल्लो सयम प्रचण्डको साथ छाडेका मन्त्री भट्ट बैठकमा सहभागी हुन् । भट्ट ओलीकै लहरमा महासचिव विष्णु पौडेलसँगै देखिएका छन् ।

ओलीको कदमको विरोध गर्दै नेपाल–प्रचण्ड समूहकासहित ७ जना मन्त्रीले राजीनामा दिएपनि भट्टले दिएका छैनन् । त्यसैगरी गृहमन्त्री रामबहादुर थापाले पनि राजीनामा दिएका छैनन् । तर थापाले भने सो भेलामा सहभागी भएका छैनन् ।


६ पुस २०७७, सोमवार १२:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु