punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वोच्च जाने तयारी

Chaupati
safha napa

आइतबारअसंवैधानिक रुपमा गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च जाने तयारी गरेका हुन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी गराईन् ।

आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टा छुट्टै गुट र अन्य पार्टीको समेत बैठक गरीरहेको छन ।


६ पुस २०७७, सोमवार १२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु