नेकपा स्थायी समिति बैठक बस्दै, के गर्छन् ओली ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने वा नहुने भन्ने अझै टुंगो लागिसकेको छैन ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोप पत्र र त्यसमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रत्युतरबारे छलफल हुनुपर्ने विषय टुंगोमा नपुग्दासम्म स्थायी समिति बैठकको एजेन्डा तय भएको छैन ।

प्रचण्ड(माधव नेपाल पक्षका नेताहरु आरोपपत्रबारे स्थायी समितिमा छलफल हुनुपर्ने अडानमा छन् भने अर्का अध्यक्ष ओली प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन् । ओलीले शनिबार प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटेर आरोपपत्र फिर्ता लिन अनुरोध गरेका थिए ।

शीर्ष नेताहरुको आरोपरप्रत्यारोप पत्र फिर्ता लिएर सहमतिको प्रयासका लागि दोस्रो तहका नेताहरु पनि सक्रिय छन् । अध्यक्ष ओलीले स्थायी समितिका पछिल्ला दुई बैठकमा सहभागिता जनाएका थिए ।


५ पुस २०७७, आइतवार १०:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु