punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डा. बावुराम भट्टराईको प्रश्न- ‘झापा विद्रोही सत्तामा, थारु विद्रोह कसरी अपराधी ?’

Chaupati
safha napa

कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले यस्तो टिप्पणी गरेका छन् । झापा विद्रोह, जनयुद्ध सहि तर, कसरी थारु विद्रोह अपराध ठहरियो ?

थारु नायकहरुलाई सलाम ठोक्दै भट्टराइले टिप्पणी गरेका छन्, यथास्थितिको रक्षार्थ कानून अदालत बन्छन्। अतःउत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो ? यो अन्याय सैह्य छैन। थारू नायकहरूलाई सलाम

जिल्ला अदालत कैलालीको फैसला अनुसार ३ वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले भने अघिल्लो फैसला उल्ट्याउँदै जन्मकैद हुने ठहर गरेको छ ।

उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद रेशमलाल चौधरीको हकमा भने यसअघि जन्मकैद हुनेगरी सुनाएको फैसलालाई नै सदर गरेको छ ।


३ पुस २०७७, शुक्रवार १०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु