सुनको मूल्य आजपनि बढ्यो, कति पुग्यो ?
नेपाली बजारमा आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार तीन सय पुगेको छ ।
सुन हिजो प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
३ पुस २०७७, शुक्रवार ११:०९ बजे प्रकाशित













