बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीमा आज विहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सुपप्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटना हुँदा सोही गाउँपालिका ८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्टको मृत्यु भएको हो ।

ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ।


२ पुस २०७७, बिहीवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु