तोलामा चार सय रुपैयाँ बढ्यो सुन

नेपाली बजारमा आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९३ हजार एक सय रुपैयाँँमा कातोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ३० रुपैयाँँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२ पुस २०७७, बिहीवार १२:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु