punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल एयरलाइन्सले घटायो हुम्ला-नेपालगञ्ज भाडा

Chaupati
safha napa

लामो समयपछि नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ।

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार पाँच सय ९५ भाडा लिँदै आएको थियो। अहिले घटाएर पाँच हजार तीन सय कायम गरिएको नेपाल एयरलाइन्सले जनाएको छ।

नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण एयरलाइन्सले पनि आजदेखि भाडा घटाएको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले बताए।

यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार नौ सय भाडादर रहेको उनले बताए। नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ।

 


२ पुस २०७७, बिहीवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु