सुनको मूल्य तीन दिनदेखि स्थीर
सुनको मूल्य साताको पहिलो दिन पनि स्थीर रहेको छ । सुन आज पनि प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा नै कारोबार भैरहेको छ ।
गएको बिहीबार र शुक्रबार पनि सुनको कारोबार सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तीन दिनदेखि स्थीर छ । आज पनि चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँमानै कारोबार भैरहेको छ । चाँदी गत हप्ताको बिहीबार र शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२८ मंसिर २०७७, आइतवार ११:४० बजे प्रकाशित













