punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रादेशिक अस्पतालमा थप ४८ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२ सय ३४ जनाको नमुना परीक्षणमा थप ४८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार कैलालीको घोडाघोडी नगरपालिकाका १० जना, कैलारी गाउँपालिकाका ७ जना, यस्तै मोहन्याल गाउँपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका २र२ जनामा संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका २र२ जनामा समेत कोराना पुष्टि भएको छ। त्यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।


२१ मंसिर २०७७, आइतवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु