सेतीमा २७ जनामा कारोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा ३ सय ३२ जनाको नमुना परिक्षणमा  थप २७ जनामा कारोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ३२ जनाको कारोना भाइरसको नमुना परिक्षण गरिएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमित हुनेमा कैलालीका २० जना, कन्चनपुरका ५ जना, डोटी र बझाङका १÷ १ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएका हुन ।

कोरोना संक्रमण हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जना, कैलारी गाउँपालिका ४ जना, गोदावरी नगरपालिकाका २ जना, टीकापुर, जोशिपुर र भजनीका एक एक जनामा पुष्टि भएको हो ।

त्यसैगरी कन्चनपुरको पुनर्वास र भिमदत्त नगरपालिकाका २÷२ जना र कृष्णपुरका १ जनामा पुष्टि भएको हो । त्यसैगरी संक्रमित डोटीको जोरायल र बझाङको सुर्माका एक एक जना र रहेको अस्पतालले जनाएको छ ।


२० मंसिर २०७७, शनिवार १५:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु