punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाण्डौंमा राजतन्त्रको पक्षमा प्रदर्शन

Chaupati
safha napa

राजतन्त्र पक्षधरहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उनीहरुले उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर विभिन्न नारा समेत लगाएका छन्।

हातमा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले राजा आऊ, देश बचाऊ,बेरोजगार युवालाई रोजगारी दे दलीय झण्डा छोडेर देशको झण्डा बोकौँजस्ता नारा पनि लगाए।

पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजतन्त्रका पक्षमा लगातार प्रदर्शन भइरहेका छन्।


२० मंसिर २०७७, शनिवार १४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु