धनगढीको कोरोना अस्पतालमा उपचाररत कञ्चनपुरका पुरुषको मृत्यु

धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत कञ्चनपुरका एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय पुरुषको आज बिहान ९ः३० बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले जानकारी गराए ।

मङ्सिर ८ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी गराए ।


१५ मंसिर २०७७, सोमवार ११:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु