कन्चनपुरबाट अबैध सामान र काठ बरामद
कन्चनपुरबाट अबैध सामान र काठ सशस्त्र प्रहरीले बरामद गरेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १ फटियामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको किराना समान सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट बेलौरीबाट खटिएको सीमा गस्ति टोलिले बरामद गरेको हो ।
त्यसैगरी भिमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवबा महाकाली नदीको किनारबाट ३० क्यूफिट काठ बिओपि ब्रह्मदेवबाट खटिएको गस्ति टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिए ।
उनले काठ र सामान गरी २ लाख २० हजार ३ सय बराबरको सामान मध्ये काठ सेक्टर वन कार्यालय ब्रह्मदेव र समान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जानकारी गराए ।
१५ मंसिर २०७७, सोमवार ११:२५ बजे प्रकाशित













