नेपाली सेनाको परिक्षामा नक्कली परिक्षार्थी २ जना पक्राउ

नेपाली सेनाको लोक सेवाको परिक्षामा नक्कली परिक्षार्थी र परिक्षामा सहभागि भएका २ जनालाई पक्राउ गरेको छ । लोक सेवाले लिएको नेपाली सेना सैन्य दर्जाको लिखित परिक्षामा सहभागि भएका नक्कली परिक्षार्थी सुमन खण्डका र परिक्षामा सहभागि नभएका मुकेश भण्डारीलाई पक्राउ गरिएको हो ।

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय भण्डारी र निजको सट्टा परिक्षामा सहभागि भएका डोटीको सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए । । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ४ को कञ्चन विद्या मन्दिर परिक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।


१५ मंसिर २०७७, सोमवार ११:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु