punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक, को-को परे ?

Chaupati
safha napa

सरकारले गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्ने १५ करदाताको नाम सार्वजनिक गरेको छ। १५ मध्ये व्यक्तिगततर्फ विजयबहादुर शाह परेका छन्।

शाहका जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, विजय एसियन डिस्टिलरीलगायत कम्पनी छन्। उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । सबैभन्दा धेरै आयकर तिर्नेमा कम्पनीतर्फ बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल, विप्रेषणतर्फ आईएमई लिमिटेड, व्यापाररव्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड प्रालि छन्। निर्याततर्फ बहुराष्ट्रिय कम्पनी डाबर नेपाल परेको छ। सबैभन्दा धेरै आयकर तिर्नेमा हिमाल पावर लिमिटेड छ।

यस्तै, कृषि तथा पशुपक्षी उद्योगतर्फ अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि, सहकारीतर्फ छिमेकी लघुवित्त, बैंकतर्फ नबिल बैंक, बिमातर्फ नेपाल पुनर्बिमा कम्पनी परेका छन्। शिक्षा सेवातर्फ मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले धेरै आयकर तिरेका छन्।

मध्यमस्तरीय करदातामध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा कामना सेवा बैंक र मूल्य अभिवृद्धि करतर्फ सबैभन्दा धेरै कर तिर्ने घोराही सिमेन्ट छ । भीएस सर्भिसेस प्रालि पनि धेरै आयकर तिर्ने कम्पनीमा परेको छ।


८ मंसिर २०७७, सोमवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु