अमेरिकामा तयार कोरोनाविरुद्धको खोप लगाउने तयारी
अमेरिकामा बनेको कोरोना भाइरसविरुद्धको खोप अबको १५ दिनभित्रबाट त्यहाँका नागरिकलाई लगाउन सुरु गरिने भएको छ ।
कोरोना खोपसम्बन्धी कार्यक्रम प्रमुखका अनुसार आउने डिसेम्बर ११ भित्र सर्वसाधारण नागरिकले खोप पाउने सम्भावना छ।
अमेरिकाको औषधि कम्पनी फाइजर र उसको सहयोगी बायोनटेकले संयुक्त रूपमा विकास गरेको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति माग्दै शुक्रबार नियामक निकाय खाद्य एवं औषधि प्रशासन (एफडीए) मा निवेदन दिएका छन् ।
उक्त खोपको अन्तिम परीक्षणको नतिजाले खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसलाई समेत ९४ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।
८ मंसिर २०७७, सोमवार ०८:१९ बजे प्रकाशित































