punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको केजी हस्पिटलमा उपचाररत महिलाको मृत्यु, चिकित्सक माथी लापरवाहीको आरोप

Chaupati
safha napa

धनगढी । धनगढीको केजी हस्पिटलमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

मृगौला र मुटु सम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पताल भर्ना भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने ५० वर्षीया समानी चौधरीको राति मृत्यु भएको थियो ।

प्रहरीकाअनुसार उनको राति पौने १० बजेतिर मृत्युु भएको थियो । केजी हस्पिटल र चिकित्सकको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै आफन्तले उचित क्षतिपूर्ति र कारवाहीको माग गरेका छन् ।

आफन्तहरु अस्पताल बाहिर भेला भएपछि वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक बलराम पाण्डे नेतृत्वको प्रहरी टोली परिचालन गरिएको छ ।


२२ साउन २०८३, शुक्रवार १२:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु