punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

९ वर्षपछि बन्यो सेती अस्पतालको नयाँ भवन, अस्पताल व्यवस्थापनलाई हस्तान्तरण

Chaupati
safha napa

धनगढी। निर्माण सम्झौता भएको करिब नौ वर्षपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई औपचारिक रूपमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीका प्रमुख तुलसीराम खर्बुजाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बलराम जैशी भट्टलाई भवन हस्तान्तरण गरेका हुन्।

एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागमार्फत भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो। बोलपत्र प्रक्रियाबाट रविनारथेगिम जेभी, धनगढीसँग २०७४ कात्तिक २८ गते निर्माण सम्झौता भएको थियो। कार्यालयका अनुसार भवन निर्माण कार्य २०८३ असार २५ गते सारभूत रूपमा सम्पन्न भएको हो। मूल्य समायोजन, आकस्मिक खर्च तथा मूल्य अभिवृद्धि कर (भ्याट) सहित भवन निर्माणमा २३ करोड ७९ लाख ३४ हजार ४८४ रुपैयाँ ८४ पैसा खर्च भएको छ।

नवनिर्मित भवन दुईतले रहेको छ। भुइँतलाको क्षेत्रफल २ हजार ८३२.०२ वर्गमिटर र पहिलो तलाको क्षेत्रफल २ हजार ७२९.३८ वर्गमिटर रहेको छ। भवनसँगै आवश्यक सहायक संरचना तथा सम्झौताअनुसारका अन्य निर्माण कार्यसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ। लामो प्रतीक्षापछि नयाँ भवन सञ्चालनमा आएसँगै सेती प्रादेशिक अस्पतालको उपचार सेवा विस्तार हुने अपेक्षा गरिएको छ। अस्पताल व्यवस्थापनले नयाँ भवनबाट बिरामीलाई थप सहज, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा अस्पतालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


२२ साउन २०८३, शुक्रवार १४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु