punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा रास्वपाको अग्रता कायमै, कांग्रेस तेस्रो नम्बरमा

Chaupati
safha napa

धनगढी। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा रास्वपाले अग्रता लिएको छ ।

देउवाले निरन्तर चुनाव जितेको क्षेत्रमा उनी यसपटक उम्मेदवार छैनन् । कांग्रेसका उम्मेदवार नैनसिंह महर तेस्रो नम्बरमा छन् ।
कूल २,६०० मत गणना हुँदा रास्वपाका डा. ताराप्रसाद जोशीले १,०५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । निकटतम् प्रतिस्पर्धी नेकपाका मानसिंह माल ५३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसका नैनसिंह महरले ५०८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेही ३१७ मतसहित चौथो स्थानमा रहेका छन् ।

अहिलेसम्म १४७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


२२ फागुन २०८२, शुक्रवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु