punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा ७ महिनामा ७ सय अख्तियार दुरुपयोगका उजुरी

Chaupati
safha napa

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा ७ महिनामा मात्रै करिब ७ सय वटा अख्तियार दुरुपयोग सम्बन्धी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ २६ सम्म सुदूरपश्चिमका नौ वटै जिल्लाबाट ६ सय ८६ उजुरी परेका हुन् ।

गत आर्थिक वर्षबाट सरेर आएका ४ सय ६२ र चालु आर्थिक वर्षमा हालसम्म परेका ६ सय ८६ मध्ये ६ सय १० वटा उजुरीको फर्स्यौट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालय प्रमुख वेदप्रसाद भण्डारीले बताए । बाँकी रहेका ५ सय ३८ उजुरीमाथि अनुसन्धान चलिरहेको उनले बताए । ‘विगतको तुलनामा उजुरी फर्ने क्रम बढेको छ, नागरिकमा सचेतना बढेकै कारण यो अवस्था आएको हो,’ अख्तियारको ३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यात्रममा कार्यालय प्रमुख भण्डारीले भने, ‘प्रविधिको विकाससँगै अख्तियार दुरुपयोगका घटना पनि त्यही अनुसार बढिरहेका कारण चुनौती पनि थपिएको छ ।’

भण्डारीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ११ वटा उजुरीमाथि अनुसन्धान गरेर अदालतमा अभियोजन गरिएको छ । १ मुद्दामा रंगेहात पक्राउ पनि गरिएको छ । सुदूरपश्चिममा १२ वर्षमा ११ हजार २ सय ६६ नयाँ उजुरी परेका छन् । जिम्मेवारी सरेर आएकासहित उजुरीको संख्या १२ हजार ५९ पुगेको हो । जसमध्ये १० हजार ७९९ मुद्दा फर्स्यौट गरिएको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले जनाएको छ ।


१ फागुन २०८२, शुक्रवार १२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु