punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कार्यसम्पादन मूल्यांकनमा अमरगढी नगरपालिका सुदूरपश्चिममै उत्कृष्ट

Chaupati
safha napa

डडेल्धुरा। कार्यसम्पादन मूल्यांकनमा गत वर्ष देशभरमै उत्कृष्ट बनेको अमरगढी नगरपालिका यसपटक सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट पालिका घोषित भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये अमरगढीले ७७.७९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

नतिजाअनुसार दोस्रो स्थानमा अपिहिमाल गाउँपालिका (७६.१४ अंक), तेस्रोमा जोरायल गाउँपालिका (७५.१९ अंक), चौथोमा साइपाल गाउँपालिका (७४.०६ अंक) र पाँचौँ स्थानमा जयपृथ्वी नगरपालिका (७१.४४ अंक) रहेका छन्।

प्रदेशकै पुछारमा भने व्यास गाउँपालिका रहेको छ। व्याँसले ३७.८५ अंक मात्र प्राप्त गरेको छ।

कार्यसम्पादन मूल्यांकनमा योजना कार्यान्वयन, वित्तीय अनुशासन, सेवा प्रवाह तथा सुशासनका सूचकलाई आधार बनाइ अंक प्रदान गरिने गरिएको आयोगले जनाएको छ।


१ फागुन २०८२, शुक्रवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु