punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

योजना कार्यान्वयनमा स्पष्टता ल्याउन मातहतका निकायलाई मुख्यमन्त्री शाहको निर्देशन

Chaupati
safha napa

बैतडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले योजना कार्यान्वयनमा स्पष्टता ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहले कार्यतालिका तयार गरी काम गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार बैतडीमा आयोजित पालिका प्रमुखहरू, संघ–प्रदेश–स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले सो निर्देशन दिएका हुन् ।

आवश्यक नभएको ठाउँमा बजेट विनियोजन भएको र काम सम्पन्न भइसकेका योजनामा समेत दोहोर्‍याएर खर्च गरिएको गुनासो बढेपछि मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।

“आवश्यकता नभएको ठाउँमा बजेट विनियोजित भएको व्यापक गुनासो आएको छ,” मुख्यमन्त्री शाहले भने, “यदि यस्तो भएको छ भने त्यस्ता बजेट कार्यान्वयन हुने छैनन्। त्यसका लागि योजना कार्यान्वयनको कार्यतालिका निर्धारण गर्नुहोस्।

मुख्यमन्त्री शाहले उपभोक्ता समिति मार्फत कुनै पनि काम नगर्न समेत निर्देशन दिएका छन् । उनले ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै, आवश्यक परे मात्रै स्पष्ट मापदण्डसहित उपभोक्ता समितिको प्रयोग गर्न सकिने बताए।

त्यसका लागि प्रदेश कानुनभित्र समेटिने गरी स्पष्ट मापदण्ड तयार गर्न मुख्यमन्त्री शाहले पालिका महासंघलाई निर्देशन दिएका छन् ।


२२ कात्तिक २०८२, शनिवार २०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु