punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

Chaupati
safha napa

धनगढी । कैलालीमा तरकारी बोकेको जिपले पैदल यात्री र साइकल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार(आज) बिहान साढे ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइक्ल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनकाअनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा पैदल यात्री घोडाघोडी नगरपालिका–२, साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर बस्ने ५४ वर्षीय हर्क बहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । कृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


२३ कात्तिक २०८२, आइतवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु