punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या बढेर ४३ पुग्यो

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिमको कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या ४३ पुगेको छ । मंगलवार विश्व बाघ दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित एक विशेष कार्यक्रममा बाघ अनुगमनको नतिजा सार्वजनिक गर्दै पाटे बाघको सङ्ख्या बढेर ४३ पुगेको घोषणा गरिएको हो।
२०८१ कार्तिक १८ देखि पौष १० सम्म सञ्चालन गरिएको विस्तृत अनुगमनबाट उक्त नतिजा प्राप्त भएको जनाइएको हो। यो गणना नेपाल सरकारले जारी गरेको बाघ तथा आहारा प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर गरिएको थियो। निकुञ्जमा २१ वटा भाले र १९ वटा पोथी बाघ क्यामेराका आधारमा गणना भएका, यसबाहेक फिल्डमा खटिएका प्राविधिकहरूले प्रत्यक्ष देखेका तर क्यामेरामा कैद नभएका थप ३ वटा बाघलाई समेत जोडेर कुल संख्या ४३ पुगेको निकुञ्जले जनाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, जेडएसएल नेपाल, हिमालयन नेचर लगायतका संस्थाहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षणकर्मी, नेपाली सेना, विभिन्न सहयोगी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

वि।सं। २०३३ सालमा नेपालको दक्षिण पश्चिम भागमा बाह्रसिंगाको बथान संरक्षणका लागि वन्यजन्तु आरक्षको रूपमा स्थापना भएको शुक्लाफाँटा, पछि गएर राष्ट्रिय निकुञ्जको रूपमा परिचित भएको हो। सुरुमा १५५ वर्ग किमी। क्षेत्रफलमा फैलिएको यो आरक्षलाई पूर्वतर्फ थप १५० वर्ग किमी क्षेत्रफलसमेत गाभेर विसं २०५४ को राजपत्रमा सूचना प्रकाशन गरी ३०५ वर्ग किमी क्षेत्रफलमा विस्तार गरिएको थियो। त्यसपछि २०७३ साल फागुन ०९ गते यसलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरी संरक्षण, व्यवस्थापन र सदुपयोगका कार्यहरू हुँदै आएको छ।

चुरेदेखि तराई क्षेत्रसम्म फैलिएको यो निकुञ्ज जैविक विविधतामा अत्यन्त धनी मानिन्छ। यसको अधिकांश (करिब ५२ प्रतिशत) क्षेत्र साल वनले ढाकेको छ भने १९ प्रतिशत भू–भाग घाँसे मैदानले ओगटेको छ। निकुञ्जमा जङ्गली हात्ती, एकसिंगे गैँडा, पाटे बाघ, बाह्रसिङ्गा, हिस्विड खरायो, सुनगोहोरोजस्ता संरक्षित वन्यजन्तुका साथै करिब ४६४ प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन्। स्थानीय जनताको सहभागितामा संरक्षण कार्यलाई प्रभावकारी बनाउन निकुञ्जको वरिपरिको प्रभावित क्षेत्रलाई समेटेर वि।सं। २०६१ मा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो, जसको क्षेत्रफल २४३।५ वर्ग किमी रहेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको उचित व्यवस्थापनका लागि वि।सं। २०८० वैशाख १७ मा स्वीकृत व्यवस्थापन योजना हाल कार्यान्वयनको चरणमा रहेको सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

 


१३ साउन २०८२, मंगलवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु