punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ऊर्जा मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच धनगढीमा भेटवार्ता

Chaupati
safha napa

धनगढी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमलबहादुर शाहबीच मंगलबार भेटवार्ता भएको छ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा सम्पन्न उक्त भेटमा सुदूरपश्चिम प्रदेशमा विद्युत्, सिँचाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विषयमा केन्द्र–प्रदेश समन्वय, योजनाको कार्यान्वयन र सेवा प्रभावकारिताबारे छलफल भएको बताइएको छ।

उक्त अवसरमा मन्त्री खड्काले प्रदेशमा भइरहेको जलस्रोतसम्बन्धी प्रमुख आयोजनाको प्रगति, समस्या र अवसरबारे जानकारी लिएका थिए। मुख्यमन्त्री शाहले सुदूरपश्चिमको भूगोल, कृषि, सिँचाइ र ऊर्जा पहुँचको सन्दर्भमा केन्द्र सरकारसँग अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो।

भेटमा दुवै नेताले राष्ट्रिय परियोजनाको प्रभावकारी कार्यान्वयन, प्रदेशभित्रका साना–मझौला आयोजना र सिँचाइ विस्तार कार्यक्रमलाई प्राथमिकतामा राख्ने सहमति पनि जनाएका छन्।

 


१३ साउन २०८२, मंगलवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु