punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नागरिक उन्मुक्तिको संसदीय दलले बोलाएको बैठकलाई रञ्जिताले भनिन् ’अवैधानिक

Chaupati
safha napa

धनगढी। नागरिक उन्मुक्तिको संसदीय दलले बोलाएको बैठकलाई अध्यक्ष रञ्जिता श्रेष्ठले ’अवैधानिक’ भनेकी छिन्।

विवादै विवादले चर्चामा आउने नागरिक उन्मुक्ति पार्टीमा फेरि आन्तरिक विवाद देखिएको हो। पार्टीको संसदीय दलले बोलाएको केन्द्रीय समितिको बैठकलाई अध्यक्ष श्रेष्ठले अवैधानिक र अमान्य घोषणा गरेकी हुन्।

शनिवार बसेको संसदीय दलको बैठकले पार्टी विधान संशोधन गर्ने तथा यही साउन ९ र १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो।संसदीय दलका नेता गङ्गाराम चौधरी, प्रमुख सचेतक लालवीर चौधरी र सचेतक अरुण चौधरी उपस्थित बैठकले गरेको उक्त निर्णयमा अध्यक्ष श्रेष्ठको हस्ताक्षर छैन।

अध्यक्ष श्रेष्ठले आफूलाई बैठकबारे जानकारी भए पनि आकस्मिक कामले गर्दा उपस्थित हुन नसकेको बताइन्। उनले पार्टीको विधानअनुसार केन्द्रीय समितिको बैठक अध्यक्षले मात्र बोलाउन सक्ने व्यवस्था रहेको स्पष्ट पारिन्। ‘विधानभन्दा बाहिर गएर बोलाइएको बैठक आधिकारिक होइन र त्यसले गर्ने कुनै पनि निर्णय मान्य हुँदैन,’ अध्यक्ष श्रेष्ठले भनिन्।

यसैबिच, संसदीय दलका नेता गङ्गाराम चौधरीले आफूलाई महासचिव दाबी गर्दै सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थित हुन पत्र काटिसकेका छन्। तर, निर्वाचन आयोगको रेकर्डमा गङ्गाराम चौधरीको नाम महासचिवका रूपमा अद्यावधिक छैन।

पार्टी विधानमा अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउने प्रावधान भए पनि अध्यक्षले बैठक नबोलाएको र महासचिवको पद नै आधिकारिक नभएकाले बैठकको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ।

पार्टीका अन्य नेताहरूले पनि संसदीय दलले केन्द्रीय समितिको बैठक बोलाउने निर्णयलाई ‘कहीँ नभएको जात्रा’ भन्दै आलोचना गरेका छन्। अध्यक्ष श्रेष्ठलाई नै पदबाट हटाउने उद्देश्यले बैठक बोलाइएको हुनसक्ने अनुमानका बिच अध्यक्षले नै अवैधानिक भनेपछि अधिकांश केन्द्रीय सदस्य बैठकमा उपस्थित नहुने सम्भावना बढेको छ।


६ साउन २०८२, मंगलवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु