punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगलागीजन्य विपद् न्यूनीकरणका लागि धनगढीका आठ स्थानमा ‘फायर हाइड्रेन्ट’

Chaupati
safha napa

धनगढी।आगलागीजन्य विपद्का समयमा तत्काल पानी प्राप्त गरी प्रतिकार्य गर्ने उद्देश्यले यहाँको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका आठ स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरेको छ।

नगरप्रमुख गोपाल हमालले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि हाल विभिन्न आठ स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिएको बताए। उनका अनुसार धनगढी चौराहा, भौतिक पूर्वाधार विकास मन्त्रालय, भेटेरिनरी अस्पताल, जिल्ला प्रशासन, नेपाल राष्ट्र बैङ्क अगाडि, सहिद गेट, बुद्धचोक र शिवनगर गरी आठ स्थानमा फायर हाइड्रेन्ट जडान गरिएका हुन्।

‘हाल आगलागी भएमा दमकल आगो निभाउन जाने तर पानी भर्न पुनः नगरपालिकाको कार्यालयमै आउनुपर्ने जुन बाध्यता छ त्यो बाध्यतालाई अन्त्य गर्नका लागि फायर हाइड्रेन्ट जडान गरिएको हो। यसले तत्तत् क्षेत्रमा आगलागीका घटना भएमा दमकललाई पानी भरेर आगो निभाउन सहज हुनेछ’, नगरप्रमुख हमालले भने, ‘यदि फायर हाइड्रेन्ट नजिक आगलागी भएमा त्यसमा जेटपम्प लगाएर आगो निभाउन सकिनेछ। जसबाट क्षति न्यूनीकरणमा निकै सहयोग पुग्नेछ।’ उपमहागरले नगर क्षेत्रका १९ वटै वडामा थप फायर हाइड्रेन्ट जडान गर्ने योजना बनाइरहेको जनाइएको छ।


४ जेठ २०८२, आइतवार १०:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु