कैलालीमा हावाहुरीले ढलेकाे रूखले लागेर गम्भीर घाइते शिक्षककाे मृत्यु

धनगढी ।  कैलालीमा हावाहुरीले ढलेकाे रूखले  लागेर गम्भीर घाइते भएका शिक्षककाे मृत्यु भएकाे छ ।

शुक्रबार बिहानकाे हावाहुरीले ढलेकाे रूखले चाेट लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घोडाघोडी नगरपालिका–१, सुन्दर टोलका भण्डारीकाे उपचारका क्रममा माया मेट्राे अस्पतालमा मृत्यु भएको पुष्टि गरे ।

बिहान चलेको हावाहुरीका कारण सालकाे रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए  ।

भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो तर त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीकाे माया मेट्रो अस्पताल ल्याइएको थियोे ।भण्डारीकाे उपचारका क्रममा मृत्यु भएको हाे ।


२ जेठ २०८२, शुक्रवार १४:४७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु