punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको बुढीगंगा नगरपालिकाको भवन उद्घाटन

Chaupati
safha napa

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकाको चार तले अत्याधुनिक प्रशासकीय भवनको सोमवार उद्घाटन भएको छ। सो भवनको पूर्व मन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका हुन्।

सो भवन निर्माण गर्नका लागि १० करोड ५५ लाख ५३४ रुपियाँ खर्च भएको नगरप्रमुख रामबहादुर बाँनियाले बताए। हलसहित २४ कोठा रहेको चार तले प्रशासकीय भवनमा सेवाग्राहीको सुविधा लागि लिफ्ट पनि जडान गरिएको छ।

बुढीगंगा नगरपालिकाले बाजुरा जिल्लामै पहिलो पटक १० वटै वडा कार्यालय पनि निर्माण गरेको छ भने सीप विकास कार्यालय र स्वास्थ्य केन्द्र पनि बनाइएको छ। वडा नम्बर १ र ८ बाहेकको सोमवार र मङ्गलवार दुई दिन लगाएर उद्घाटन गरिएको छ।

ती भवनको सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख देवराज जोशी, प्रदेश सभा सदस्य तथा प्रदेशसभाका पूर्वमन्त्री नरेशकुमार शाही, पदमबहादुर शाही, प्रतिनिधि सभाका पूर्व सदस्य लालबहादुर थापा, संविधानसभाका सदस्यद्वय पेम्वा भोटे शेर्पा, वसुन्धरा रोकाया प्रदेश सरकार पूर्वमन्त्री प्रकाशबहादुर शाह, प्रदेश सभाका पूर्व सदस्य वलदेव रेग्मी लगायतले उद्घाटन गरेका छन्।

 


२९ वैशाख २०८२, सोमवार १७:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु