punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटी भूकम्पको क्षति आकलन गर्न प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता

Chaupati
safha napa

डोटी। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका भूकम्पबाट प्रभावित जिल्लाहरूमा विस्तृत क्षति आकलनको काममा तीव्रता दिएको छ।

विभिन्न निकायसँग सम्झौता गरी काम अघि बढाइएको प्राधिकरणका प्रवक्ता, उपसचिव रामबहादुर केसीले जानकारी दिए। आफूसहितको टोली हाल क्षति आकलनकै सिलसिलामा पश्चिम नेपाल खटिएको उनले बताए। त्यसक्रममा आइतवार डोटी भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलनका लागि प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र विश्वविद्यालयको इञ्जिनियरिङ विभागका डिन प्राडा किसनदत्त भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेको केसीले जानकारी दिए। उनका अनुसार विसं २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएर छ दशमलव छ म्याग्नेच्युटको भूकम्प गएको थियो।

त्यसबाट क्षति भएका डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुरामा बाँकी १३ हजार ५७६ परिवारका निजी घरको क्षति आकलनका लागि विश्वविद्यालयले ३१ जना इञ्जिनियर खटाउनेछ। यसअघि, गत चैत ३१ गते जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको थियो।

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासमध्ये विस्तृत क्षति आकलन गर्न बाँकी करिब २८ हजार घर छन्। क्षति मूल्याङ्कन गर्न प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोग एवं मध्यपश्चिम विश्वविद्यालयको सहजीकरणमा छनोट भएका ८५ जना इन्जिनियरलाई तालिम तथा अभिमुखीकरण सुरु भएको छ। त्यहाँ ११८ जना फिल्डमा खटिरहेका छन्।

कर्णाली प्रदेशमा सोमबारसम्म हुने दुईदिने तालिमपछि प्राविधिकहरू क्षति आकलन गर्न बाँकी जाजरकोट र रुकुम (पश्चिम) का पालिकामा खटिने प्राधिकरणले जनाएको छ। त्यसअघि, विस्तृत क्षति आकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पसबीच सम्झौता भई तोकिएको क्षेत्रमा क्षति आकलनको काम सम्पन्न गरिएको थियो। रासस
 


२९ वैशाख २०८२, सोमवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु