punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रक्रिया नभएका ठेक्का रद्द गराउने अधिकार मुल्यांकन समिति संग हुन्छ

Chaupati
safha napa

अछाम।अछाम जिल्लाको बान्नीगढी जयगढ गाँउपालिका नियम विपरित र प्रक्रिया पुरा नभएका ठेक्का रद्द गर्ने अधिकार गाँउपालिका संग भएको बताएको छ ।

आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै गाँउपालिकाले सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४७ बमोजिम गठित मुल्याकंन समितिले नियमबिपरित आएका ठेक्कालाई रद्द गरिएको बताएको हो ।

कृषि उपजका लागि कोल्ड स्टोर निर्माण कार्यका लागि ३ करोड बराबरको लागतमा गाँउपालिकाले गत फागुन १४ जते बोलपत्र आव्हानका लागि जारी भएको सुचना अनुसार बैशाख २४ गते मुल्यांकन गर्दा सार्वजनिक खरिन ऐन २०६३ को दफ २६ बमोजिम उक्त बोलपत्र रद्द गर्ने आशयको सुचना जारी गरेको थियो ।

गाँउपालिका अध्यक्ष टेक बहादुर साँउदद्धारा हस्ताक्षरित विज्ञप्तीमा उक्त रद्द बोलपत्रको बिषयमा बास्तविक्ता नबुझी जनप्रतिनिधी र कर्मचारीको बदनाम गराउने किसिमले केह मिडियाले समाचार प्रकाशित गरेको भन्दै उक्त समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यान्वयन नै नभएको योजनामा कमिसन नपाएर ठेक्का रद्द गरेको भन्ने जस्ता पूर्वाग्रही ढंगले समाचार प्रकाशन गरेको भन्दै गाँउपालिकाले केही सञ्चार माध्यमले अतिरञ्जित हुने गरि समाचार प्रकाशन गरिनु उप पत्रकारिताको उपज भएको बताएको छ ।

पत्रकारिताको नाममा वास्तविक्ता नबुझी उच्श्रृखंल गतिबिधी गर्नेहरुलाई कानुनी कारबाहीका लागि पालिकाले प्रेस काउन्सिल नेपाल संग माग गरेको छ ।

 

 


२८ वैशाख २०८२, आइतवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु