punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी

Chaupati
safha napa

डडेल्धुरा। सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस डडेल्धुराको जोगबुडास्थित त्रिवेणी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ।

सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत पाए।

यस्तै सचिवमा नेविसंघका भुवन बोहरा, कोषाध्यक्षमा बिन्द्रा धामी, सदस्यहरुमा केशब बोहरा, निर्मला धामी, सरस्वती सुनार, अस्मिता खड्का, उषा पाण्डेय (उर्मिला) र निराजन बोहरा निर्वाचित भएका छन्। विजयी भएका सबै नेविसंघकै उम्मेदवार हुन्।

निर्वाचनमा अखिल क्रान्तिकारीका लोहार नेतृत्वको प्यानलमा क्रान्तिकारी र अनेरास्ववियु सम्मिलित थियो भने नेविसंघ एक्लै चुनावी मैदानमा उत्रिएको थियो।


२८ चैत २०८१, बिहीवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु