सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भइरहेको छ ।  सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान छ ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने तीन क्याम्पसमा सर्वसम्मत  स्ववियु नेतृत्व चयन भइसकेको छ ।

कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने तालबान्दी छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपानिकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियू र अखिल समाजवादीले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेका हुन् ।

 


२७ चैत २०८१, बुधवार ०९:०३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु