punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अधिकांश विदेशी मुद्रा महँगिए

Chaupati
safha napa

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ।

विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर आज बढेको हो। अरु मुद्राको तुलनामा आज बहराइन दिनारको विनियमदर धेरै बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४  पैसा छ। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा छ। हिजो युरो १ को खरिददर १४९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा छ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ९५ र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा छ।  त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४५ रुपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ १६ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०६ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

 


२६ चैत २०८१, मंगलवार ०६:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु